वीरगञ्ज समाचार : रातको समयमा अवैध काठ बरामद

काठमाडौं । पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अवैधरूपमा चोरी गरी घरमा राखिएको ६४.११ क्युफिट सालको काठ बरामद भएको छ, भने सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो ।

प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको गस्ती टोलीले वीरगञ्ज माानगरपालिकाको वडा नं ३२ टोल रामवन बस्ने आइते विक, नरबहादुर विक, अर्जुन खत्री, टीका पौडेल, गोपाल पौडेलको घरमा छापमारी गरी ती काठ बरामद गरेको हो ।

सालको गोलाइ, चिरपट, चौकट, चिरान गर्ने दुईवटा मोटर मेसिन, साइकल, फर्निचर बनाउने सामानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो । नौ साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोक अगाडिबाट सालको गोलिया बरामद गरेको सबडिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले जानकारी दिए ।

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार