राष्ट्रियसभा निर्वाचन : बागमतीमा एमालेबाट कुँवर र शाक्यको उम्‍मेदवारी

काठमाण्डौं । राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त पदका लागि नेकपा एमालेको तर्फ दुई जनाले उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रियसभाका १९ सदस्यका लागि १२ माघमा निर्वाचन हुँदै छ ।

मुख्य समाचार राजनीति