राजनीतिमा तङ्ग्रिदै गरेका महरा फेरि जेल जाने संकेत, रोशनी शाही फेरि सक्रिय

काठमाडौं । अदालतबाट सफाइ पाएर राजनीतिमा तंग्रिदै गरेका पूर्वसभामुख कृष्ण बहादुर महरा फेरि जेल जाने संकेत देखिएको छ । रोशनी शाहीले नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महरालाई फेरि विवादमा तान्न थालेकी हुन् ।

उनले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन् । आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन् ।

उनले पछिल्लो समय महराविरुद्ध पोष्ट गर्न थालेकी छिन् । महराविरुद्ध यौन दुव्र्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन् । रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो ।

सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्स् महराले जेल बाट छुटाउन गरेको बाचा कसम राहुल ले गरेका म संग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाले मलाई महरा संग करोड खाको कुरा महराले दुनिया संग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो (बास्टर) ।

मुख्य समाचार राजनीति