दुधको मूल्य वृद्धिका लागि प्रदेश दुग्ध विकास बोर्डको माग प्रति केन्द्रिय दुग्ध सहकारी संघको ऐक्यबद्धता

२२ पौष हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्रदेश दुग्ध विकास बोर्डले दुधको मुल्य बृद्धी गर्नका लागि संघीय सरकार समक्ष राखेको माग प्रती केन्द्रिय दुग्ध सहकारी संघले ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष नारायण प्रसाद देवकोटा र महासचिव रामप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको ऐक्यबद्धता पत्रमा सो कुरा उल्लेख गरिएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंको अध्यक्षतामा बुधबार बसेको प्रदेश दुग्ध विकास बोर्डको बैठकले किसानको हितलाई मध्यनजर गरेर दुधको प्रती लिटर १० रुपैयाँ मुल्य बृद्धी गर्नका लागि संघीय सरकार समक्ष माग गरेको थियो । पशुलाई खुवाउने पशु आहारा चोकर , ढुटो , दाना लगायतमा अत्यधिक मूल्य वृद्धि भएको तर तीन वर्ष देखि दुधको मुल्यबृद्धी नगरेकाले अबको १५ दिन भित्रमा प्रतिलिटर दुधमा १० रुपैयाँ बृद्धी गर्नका लागि माग गरिएको हो ।

यसैबीच बागमती प्रदेश सरकारले दूधको प्रतिलिटर मूल्य १० रूपैयाँ बढाउन संघीय सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। यो समयमा पनि दुधको मुल्यबृद्धी गर्न संघीय सरकारले चासो नदेखाए बागमती प्रदेशभरी भनेपनि दुधको मुल्य बृद्धी गरिने प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटाले जानकारी दिनुभयो । बागमती प्रदेश दुग्ध विकास बोर्डको बुधबार बसेको बैठकले किसानले पाउनेगरी दूधमा प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गर्न केन्द्र सरकारलाई १५ दिने अल्टिमेटम दिने निर्णय गरेको थियो ।

बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डे, प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, प्रदेश दुग्ध विकास बोर्डका सदस्य सचिब डाक्टर रामप्रकाश प्रधान, डिडिसी , किसान प्रतिनिधिहरू, डेरी फर्म सञ्चालकहरू, डेरि एसोसिएशन र दुग्ध सहकारी संघ लगायत सरोकारवालाको समेत उपस्थिति रहेको बैठकमा दुधको मुल्य वृद्धिका लागि संघीय सरकारलाई सो अल्टिमेटम दिने निर्णय भएको थियो।

कृषि समाचार प्रदेश समाचार मुख्य समाचार समाचार