थप २४ जनामा नयाँ कोरोना भाइरस ओमिक्रोन पुष्टि

काठमाडौं । आज थप २४ जनामा नयाँ कोरोना भाइरस ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । पौष महिनामा संकलित ११४६ पोजेटिभ नमुनाहरुको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । जसमध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएकोमा ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले जानकारी दिनुभएको छ ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति

मुख्य समाचार स्वास्थ्य