मकवानपुरगढीमा सोमबार थप २० जनामा कोरोना संक्रमण

३ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा सोमबार आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १ जनाको पिसिआर परिक्षणबाट र बाँकी १९ जनाको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

आज २५ जनाको एण्टिजेन परीक्षण गरिएकोमा १९ जना अर्थात् ७६.३ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ३ जना स्वास्थ्यकर्मी समेत रहेको लामिछानेले बताउनुभयो । कोरोनाको तेस्रो लहरबाट हालसम्म मकवानपुरगढीमा ४० जना सक्रिय संक्रमित रहेका छन् ।

तेस्रो लहरमा कोभिड १९ को संक्रमणदर उच्च र तीब्र गतिमा फैलिरहेको भन्दै स्वास्थ्य सतर्कता र सावधानीपुर्वक सेवा प्रवाह गर्न सम्पुर्ण जनप्रतिनिधि ,कर्मचारी,स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,सामाजिक संघसंस्था ,संचार क्षेत्र ,बैंकिङ्ग क्षेत्र ,सहकारी लगायत सबैमा स्वास्थ्य प्रमुख लामिछानेले अनुरोध समेत गर्नुभएको छ ।

मुख्य समाचार समाचार स्वास्थ्य