बद्री लम्सालले अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिए सङ्गै एमाले मकवानपुरका पदाधिकारी तथा केही सदस्यहरुद्धारा सपथ ग्रहण

 

हेटौँडा / नेकपा (एमाले) मकवानपुरका नव निर्वाचित पदाधिकारी तथा केहि सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा मंगलबार पदाधिकारी तथा केही सदस्यहरुले सपथग्रहण गरेका हुन ।

गत पुस २३–२४ मा भएको नेकपा एमाले मकवानपुरको ११ औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन भएको भन्दै अध्यक्ष मन्डलको अध्यक्ष रामेश्वर रानाले जिल्ला कमिटी घोषणा गरेका थिए । सर्वसम्मतको नाउँमा कमिटी घोषणाँ गरिएको भन्दै बिरोध जनाएका तत्कालिन जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै आज पदाधिकारीको सपथग्रहण भएको हो ।

सपथग्रहणमा बोल्दै नेता लम्सालले आफु सहमतिको वाधक नभएको र एमालेको नयाँ कमिटिले एमाले मकवानपुरलाई थप उचाई प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए । २०३७ साल पछि आफु पहिलो पटक भूमिका विहिन भएको भन्दैन उनले पार्टीले यसको मूल्याङ्कन गर्नेमा विश्वास ब्यक्त गरे । उनले आफुले कुनै पद प्राप्तीको लागि वार्गेनिङ गर्न बिरोध नगरेको बताए ।

कार्यक्रममा एमाले जिल्ला अधिवेशनका निर्वाचन कमिटी प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराएका थिए । अध्यक्षको सपथग्रहण पछि श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप–सचिवहरु हिदम लामा तथा सिता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराएका थिए ।

मुख्य समाचार राजनीति समाचार स्थानीय