राष्ट्रिय युवा संघ मकवानपुरद्वारा हेटौंडामा सरकार बिरुद्ध प्रदर्शन

 

हेटौंडा / स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने तथा मूल्य वृद्धि नियन्त्रणको लगायतको माग गर्दै राष्ट्रिय युवा संघ नेपालले हेटौंडामा प्रदर्शन गरेको छ ।

नेकपा एमालेको भ्रातृसंगठन युवा संघले बुधबार बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा सरकार बिरुद्ध प्रदर्शन गरेको हो ।

युवा संघले गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै संबिधान बमोजिम स्थानीय तहको निर्वाचन मिति तत्काल सार्वजनिक गर्न, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि नियन्त्रण गर्न र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गरेको छ ।

बिरोध सभामा युवा संघ केन्द्रीय सदस्यहरु आरती पाठक, दिलमाया घर्ती, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती तथा नगर अध्यक्ष राकेश नगरकोटी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

 

मुख्य समाचार राजनीति समाचार स्थानीय