नेपालको जनसंख्या २ करोड ९१ लाख मात्रैक

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।

१० वर्षअघि नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय