अनेरास्ववियु मकवानपुरद्वारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन

१६ माघ मकवनापुर- नेकपा एमाले निकट भात्री संगठन अनेरास्ववियु मकवानपुर अखिल फोर्स तथा स्वयमसेवक बिभागको आयोजनामा विभिन्न काल खण्डमा वीर गति प्राप्तगर्नु हुने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा आज जिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ l

हेटौडाको मुख्य स्थान बुद्ध चोकमा भएको कार्यक्रमको अध्यक्षता अखिल फोर्स तथा स्वयम सेवक बिभाग प्रमुख तथा जिल्ला सचिवालय सदस्य मनिश मान श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय स्थाई कमिटि सदस्य सन्तोष पौडेल रहनु भएको थियो l कार्यक्रममा अनेरास्ववियु मकवनापुर जिल्ला सह-इन्चार्ज आशिष अस्लामी, जिल्ला अध्यक्ष बिशाल पौडेल, उपाध्यक्ष दिय भुवन मैनाली र अमृत बर्तौला, लगायत युवा विधार्थी नेताहरुको अतिथ्यता रहेको कार्यक्रमको संचालक प्रसिद्ध रेग्मीले जानकारी गराउनु भएको हो l

कार्यक्रममा प्रमुख अतिथि तथा अनेरास्ववियु केन्द्रिय सदस्य पौडेलद्वारा जिप प्रज्वलन गरिएको थियो l कार्यक्रममा बोल्दै पौडेलले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलित रूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको बताउनु भयो ।

नेपाली जनताले प्राप्त गरेका वर्तमान समयका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व रहेकोले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गरी समुन्नत राष्ट्र निर्माणमा आ-आफ्नो तह र तप्काबाट योगदान पुर्या्उन कार्यक्रमको अध्यक्षता गर्नुभएका मनिष श्रेष्ठले सबैमा आह्वान गर्नु भएको छ l

मुख्य समाचार राजनीति समाज