रुपान्तरणका लागि वन पेशाकर्मी संघ नेपाल अब ” प्रगतिशील वन प्राविधिक संघ, नेपाल” बन्ने

 

हेटौंडा / रुपान्तरणको लागि वन पेशाकर्मी संघ नेपालको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ ।
संघको शनिवार भर्चुअल माध्यमबाट भएको अधिबेशनले रुपान्तरणका लागी वन पेशाकर्मी संघ नेपालको विधान २०६६ संसोधन गरि पारीत गरेको छ ।

नयाँ संसोधित बिधान अनुसार रुपान्तरणको लागि वन पेशाकर्मी संघ नेपालको नाम परिवर्तन गरि प्रगतिशील वन प्राविधिक संघ, नेपाल बनाइएको छ ।

प्रगतिशील वन प्राविधिक संघ नेपालको बिधान अधिबेशन आयोजक कमिटीका संयोजक शोभा सुबेदीको अध्यक्षतामा भएको अधिवेशनले संस्थागत हितका अन्य बिबिध निर्णयहरु समेत गरेको बताइएको छ ।

मुख्य समाचार समाचार समाज