एम्नेष्टी इन्टरनेशनल समूह–६७ को संयोजकमा ढुंगेल चयन

हेटौँडा/ मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह–६७ को संयोजकमा हेमन्त ढुंगेल चयन भएका छन । शनिबार हेटौंडामा सम्पन्न २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट ढुंगेलको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समूहको सहसंयोजकमा प्रकाश ढकाल, सचिवमा रेणु ज्ञवाली, कोषाध्यक्षमा रघुनाथ खराल र सहसचिवमा योगेन्द्र उपाध्याय चयन हुनुभएको छ । अधिवेशनबाट कार्यसमिति सदस्यमा देवकुमारी ढकाल, अक्कल सिंह लामा, प्रभा घिमिरे पौडेल र पूर्णप्रसाद अर्याल चयन भएका छन ।

साधारणसभाको उद्घाटन कार्यक्रम समूहका संयोजक उत्तम शर्मा ढकालको अध्यक्षता तथा एम्नेष्टी इन्टरनेशनल नेपालका केन्द्रीय सदस्य मनिषकुमार पौडेलको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा एम्नेष्टी इन्टरनेशन समूह ६७ का पूर्वसंयोजकहरु जीवन काजी माकजु श्रेष्ठ, बिजेन्द्र अग्रवाल, ह्यग्रीव आचार्य, विजय कुमार वैद्यको पनि उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय