देशभर थप ३ हजार ५४० जनामा कोरोना पुष्टि

हेटौँडा/ नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ । पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ ।

 

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य