दुई दिन ४ घण्टा हेटौंडा देखी राईगाउसम्म विद्युत आपुर्ती बन्द रहने

हेटौँडा/ सोमबार (आज) धरान चतरा (मदन भण्डारी लोकमार्ग) अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा-१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा १७ गते र १८ गते दुईदिन ४ घण्टा विद्युत लाइन बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सूचना जारी गर्दै हात्तीलेट गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

केन्द्रले धरान चतरा सडकखण्ड अन्तर्गतका अधिकार क्षेत्राधिकार भित्र पर्ने विद्युतिय पोल,तार सार्ने वा अद्यावधिक गर्ने कार्य रहेकोले ४ घण्टा विद्युत आपुर्ती बन्द हुने जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय