कर्रा खोला किनारमा महिलाको शव फेला

हेटौँडा/ हेटौंडा-१० कर्रा खोला किनारमा महिलाको शव भेटिएको छ। सोमबार बिहान घोप्टो पारेको अवस्थामा महिलाको शव फेला परेको घटनास्थलमा रहेका मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

राप्ती खोला र कर्रा खोलाको संगमस्थल नजिक कर्रा खोला तर्फको किनारमा शव भेटिएको हो। शवको पहिचान खुल्न नसकेको जनाइएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

मुख्य समाचार समाचार समाज स्थानीय