छुट्टाछुट्टै स्थानबाट लागुऔषध नाईट्रोभेटसहित २ जना पक्राउ

हेटौँडा/ मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध नाईट्रोभेटसहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका-२२ का २३ वर्षीय अनिष तामाङ रहेका छन ।

गत माघ १४ गते शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-४ मा सवारीसाधनहरु रोकी सुरक्षाजाँच गर्दा भुटनदेवी मोड तर्फबाट शितलमहल चोकतर्फ जाँदै गरेको गरेको बा २४ प ४५९५ नंबरको मोटरसाईकलका चालक हेटौंडा-४ का ३४ वर्षीय अनिल कुमार तामाङलाई नाईट्रोभेट ४८ ट्याब्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।

यस्तै, शुक्रबारनै, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१० बसपार्कबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका-२२ का २३ वर्षीय अनिष तामाङलाई सुरक्षाजाँच गर्दा नाईट्रोभेट ६९ ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत मकवानपुरबाट दिन ५ को म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय