कस्तो रहला आजको मौसम ?

हेटौँडा/ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ‍

चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध पनि गरेको छ ।

समाचार समाज