हिजो ४०० ले घटेको सुनको मूल्य आज पनि सोही मूल्यमा गिरावट

हेटौँडा/ नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार प्रतितोला ४ सय रुपैयाँले सुन सस्तिएको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

विगत ५ दिनयता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । ५ दिनमा प्रतितोला २ हजार ६ सय रुपैयाले सुनको मूल्य घटिसकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ थियो । बिहीबार ९ सय, शुक्रबार ९ सय र आइतबार ४ सय रुपैयाँ घटेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा आज तोलामा १० रुपैयाँले चाँदी सस्तिएको हो । आज प्रतितोला १ हजार २४० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । ५ दिनमा चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । गत बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ थियो ।

अर्थ समाचार