बागमती गाउँपालिकामा ल्होछार पर्वमा तीन दिन सार्वजनिक बिदा

हेटौँडा/ मकवानपुरको बागमती गाउँपालिकाले ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले बिदा दिने निर्णयसम्बन्धी जानकारी गराएको छ ।

 

तामाङग समुदायको महान चाड सोनाम ल्होछारको उपलक्ष्यमा बिदा दिएको हो । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले माघ १८, १९ र २० गते तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्य समाचार समाज स्थानीय