हिजो १०५ अंकले बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट

हेटौँडा/ साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजारमा फेरी दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा पुगेको छ । नेप्से ०.५० प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले घटेर ५३८.४५ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका कूल २२५ वटा कम्पनीको एक करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४१ लाख ७७ हजार ५९८ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र अन्य उपसमूह बाहेकका सबै वटा उपसमूहको शेयर घटेको छ ।

सोमबार हाईड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५७ करोड १२ लाख ७८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड लघुवित्त कम्पनी र विन नेपाल लघुवित्त कम्पनी, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अर्थ समाचार