काठमाडौं महानगरका ज्येष्ठ नागरिकलाई भोलि पनि बुस्टर डोज खोप दिइदै

हेटौँडा/ काठमाडौं महानगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलि पनि कोभिड १९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

महानगरका ३२ वटा वडामा तोकिएका खोप केन्द्रहरू र स्वास्थ्य कार्यालय काठमाडौं तोकेका अस्पतालहरूमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकले बुस्टर डोज लिन सक्नेछन् । महानगरमा आज र भोलि बुस्टर डोज खोप कार्यक्रम राखिएको हो ।

खोप लगाउनका लागि यसअघि लगाएको खोप कार्ड, उमेर खुल्ने परिचयपत्र साथमा लिएर जानुपर्नेछ । सरकारले पहिलो र दोस्रो डोज जुनसुकै लगाएको भएपनि बुस्टर डोजको रुपमा एस्ट्राजेनेका वा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय