हेटौंडामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

हेटौँडा/ सोमबार बिहान हेटौंडा-१० कर्रा खोला किनारमा मृत अवस्थामा फेला परेको महिलाको शनाखत भएको छ।  उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी लमिनीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

विहान करिब १० बजेको समयमा खोलाको किनारमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती महिलाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालस्थित शव गृहमा राखिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।

मुख्य समाचार समाचार समाज स्थानीय