मकवानपुरमा ५० संक्रमित थपिए, १६६ जना कोरोना मुक्त

हेटौँडा/ मकवानपुरमा सोमबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १०४ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ५० जना संक्रमित भएका छन। आज थपिएका ५० संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७६१४ पुगेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना मुक्त भएका छन।

मुख्य समाचार समाचार समाज स्थानीय