कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा योन्जन सर्वसम्मत चयन

१८ माघ, मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ , कालिखोलामा रहेको कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको संचालक समिति तथा लेखा समितिका सबै पदहरुको चयनमा सर्वसम्मत भएको छ ।

९ सदस्यीय संचालक समितिको अध्यक्षमा बिक्रम योन्जन चयन हुनुभएको छ । यसैगरी समितिको उपाध्यक्षमा सुर्य बहादुर पाख्रीन रहनु भएको छ भने सदस्यहरूमा सिताराम न्यौपाने , प्रमिला योन्जन , खिल प्रसाद चौलागाईं ,अमृता योन्जन तामाङ , निरमाया योन्जन , हरिशरण दाहाल र मान सरोवर चौलागाईं सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै ३ सदस्यीय लेखा समितिको संयोजकमा देवनारायण लामिछाने तथा सदस्यहरूमा भिम बहादुर पाख्रीन र कृष्ण बहादुर बिडारी पनि सर्वसम्मत चयन हुनुभएको छ ।
गत पौष २६ गते भएको संस्थाको २६औं साधारणसभामा संचालक समिति तथा लेखा समितिका पदहरुमा सर्वसम्मत चयनका लागी विभिन्न नामहरु प्रस्ताव भएका थिए । प्रस्तावित ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएको लगायत विविध कारण स्थगित गरिएको निर्वाचन कार्यक्रममा आज सहमति जुटेको निर्वाचन उपसमितिका संयोजक गोविन्द प्रसाद तिमल्सिनाले बताउनु भएको छ । चयन भएका संचालक समिति तथा लेखा समितिलाई यही माघ २५ गते सपथग्रहण तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको संयोजक तिमल्सिनाले बताउनुभयो ।

मुख्य समाचार समाचार समाज सहकारी