राष्ट्रिय युवा संघको आयोजनामा ३६ जनाले रक्तदान गरे

हेटौँडा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आयोजनामा मंगलबार ३६ जनाले रक्तदान गरेका छन् । हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको सभाध्यक्षता युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीका अध्यक्ष लक्ष्मण उप्रेती थिए भने नेकपा एमाले मकवानपुरका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठसहित नेता, कार्यकर्ता, युवा संघ नेपालका नेता, कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय