स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता

हेटौँडा/ स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै एमाले निकट युवा संघले मंगलबार उजुरी दिएको हो । मन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३,८,१७ तथा अन्य कानूनी प्रावधान बमोजिम भ्रष्टाचार संलग्न भएकाले कारवाही गर्न अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

उजुरी दर्ता गर्नको लागि युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्रिय युवा संघका सहसंयोजक सजिंवकुमार सुरज झाले जानकारी दिए ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय