माघ २९ गते पुरुष बन्ध्याकरण शिविर सञ्चालन हुने

हेटौँडा/ जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको आयोजनामा आगामी माघ २९ गते पुरुष बन्ध्याकरण शिविर हुने भएको छ । गत माघ ७ गतेका लागि निर्धारण गरिएको शिविर उक्त मितिमा सम्पन्न हुन नसकेपछि २९ गते हुने भएको हो । सन्तानका रहर पुगिसकेका दम्पतीहरुका लागि पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) शिविर हुने भएको हो । गत मंसिरमा भएको पुरुष बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिएका थिए ।

हेटौडा—११ स्थित नेपाल परिवार नियोजन संघ मकवानपुर शाखामा शिविर आयोजना हुने छ । स्थायी बन्ध्याकरणअन्तर्गत् पर्ने भ्यासेक्टोमीको माग आएसँगै शिविरको आयोजना गरिएको हो । ३० जनाले पुरुष बन्ध्याकरण शिविरको माग गरिएको र वर्षमा ७ पटकमात्र यस्तो शिविरको आयोजना गर्ने गरिने नेपाल परिवार नियोजन संघका सुपरभाइजर महेश पाण्डेले बताए ।

 

 

मुख्य समाचार समाचार समाज स्वास्थ्य