बुधबार १८ जनाको स्वाब संकलन

हेटौँडा/ हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा बुधबार १८ जनाको स्वाब संकलन गरिएको छ ।

कोरोना शंका लागेका १८ जनाले स्वाब संकलन गराएका हुन । जसमा ७ जना महिला र ११ जना पुरुष रहेका छन । संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालको पिसीआर परीक्षण ल्यावमा पठाईएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

मुख्य समाचार समाचार समाज स्थानीय