ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा/ पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको विर्तामोड-६ बुट्टाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्युु हुनेमा मोटरसाइकल चालक मेचीनगर-८ का २७ वर्षीय बमबहादुर लेप्चा रहेका छन् । घाइते भएका उनलाई विर्तामोडमा रहेको बिएण्डसी अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बागमती प्रदेश ०३-००-१ ख २१४० नम्बरको ट्रकले प्रदेश १-०१-०१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मुख्य समाचार समाचार समाज