भद्रकालीबाट नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

हेटौँडा/ प्रहरीले भद्रकालीबाट बुधबार नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङ रहेका छन् ।

सडकमा सवारी जाँच गर्ने क्रममा तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दर्ज्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ । उनीमाथि प्रहरीवृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय