बागमती प्रदेशले पिपिआर विरुद्ध खोप अभियान संचालन गर्दै

हेटौँडा/ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएको छ । माघ २५ गतेबाट बागमती प्रदेशको १३ वटै जिल्लामा खोप अभियान संचालन हुँदैछ । सम्बन्धित जिल्लाको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र वा स्थानीय तहमा कार्यरत भेटेनरी डाक्टरहरुले खोप सेवा प्रदान गर्ने छन।

माघ २५ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाका प्रमुख डा। रामप्रकाश प्रधानले जानकारी दिएका छन् । प्रदेशभरका कृषकहरुले स्थानीय तहको पशु सेवा शाखा, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडा वा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्पर्क गरेर जिज्ञासा खोप सम्बन्धी थप जानकारी लिन सक्नेसमेत निर्देशनालयले जनाएको छ ।

 

कृषि समाचार मुख्य समाचार समाचार समाज स्थानीय