नेपाली कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारी आजबाट लामिछानेले सम्हाल्दै

हेटौँडा\ नेपाली कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारी आजबाट औपचारिक रुपमा उपसभापति विष्णुप्रसाद लामिछानेले सम्हाल्ने भएका छन् ।

नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानीयाँले बागमती प्रदेश सभापतिमा जित हाँसिल गरेर कार्यभार सम्हालेपछि खालि रहेको मकवानपुरको सभापति पदमा लामिछालाई कार्यभार दिने बमोजिम आजबाट उनले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने बताईएको छ ।

आज दिउँसो १ बजे उनलाई औपचारिक रुपमा कार्यवाहको जिम्मेवारी हस्तान्तरण गरिनेछ ।

मुख्य समाचार राजनीति समाचार समाज