सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश

हेटौँडा/ सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो ।

सेनेगलका लागि ७० औँ मिनेटमा डिएलो, ७६ औँ मिनेटमा गेयी र ८७ औँ मिनेटमा मानेले गोल गरे । बुर्किना फासोका लागि ८२ औँ मिनेटमा टुरेले एक गोल फर्काएका थिए । फाइनल खेल आइतबार हुनेछ ।

अन्तराष्ट्रिय खेलकुद