सिके राउत नेतृत्वको जनमत पार्टीबाट राजमार्ग अवरूद्ध गरेर प्रदर्शन

हेटौँडा/ सिके राउत नेतृत्वको जनमत पार्टीले आज राजमार्ग अबरुद्ध गरेर प्रदर्शन गरेका छन्। किसान आन्दोलन भन्दै उक्त पार्टीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्र प्रभावित भएका छन् ।

केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताउँदै आएका छन् । राजमार्गका धेरै स्थानमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ताहरु देखिन्छन् ।

राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएको छ । विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ। यसअघि जनमतले पार्टीले गरेको राजमार्ग अवरुद्धलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो।

मुख्य समाचार राजनीति समाचार