रोड साइड ड्रेन निर्माणमा गुणस्तरहीन सामग्री तत्काल हटाउन निर्देशन

हेटौँडा/ शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा प्रयोग गरिएको गुणस्तरहीन सामग्री हटाउन निर्देशन दिइएको छ । बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो ।

निर्माण कम्पनीलाई पत्राचार गर्दै कार्यालयले स्थलगत सुपरीवेक्षण र अनुगमनका क्रममा सडकको चेनेज ७५००, बेलडाँडी क्षेत्रमा निर्माणाधिन रोड साइड ड्रेनमा प्रयोग भएको बालुलासहितका सामग्री तोकिएको मापदण्ड र स्वीकृत टेक्निकल स्फेसिफिकेसन बमोजिम नरहेकाले सम्झौता बमोजिमको कार्य गर्न निर्देशन दिएको छ ।

‘निर्माण कम्पनीलाई तत्काल मापदण्डले तोकिएका बमोजिमका निर्माण सामग्री हटाउन भनेको र नहटाएर अटेरी गरी कार्य गरे प्रचलित कानुनअनुसार कारवाही हुने पूर्वाधार विकास कार्यालयका प्रमुख दिपक नेगीले बताए ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज