बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

हेटौँडा/ बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गएको पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । हप्ताको एक दिन शुक्रवार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमित रुपमा उडान हुने गरेकामा अहिले यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ुयात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।ु

मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ । उहाँले भन्नुभयो, ुदैनिक ५र७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४र१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ ।ु

२०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। तर, २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार