बागमती प्रदेशमा कोरोना बिरुद्धको खोप लगाउनेको सख्यामा वृद्वि

हेटौँडा/ बागमती प्रदेशमा पछील्ला दिनहरुमा कोरोना बिरुद्धको खोप लगाउनेको सख्या निकै बढेको छ । कोरोनाको जोखिम बढ्दै गएपछी खोप लगाउनेको सख्या बढेको हो । कोरोना भाइरस संक्रमणका बिरामी अहिले यस प्रदेशमा घट्दै गएका छन् ।

यस प्रदेशमा हाल सम्म पूर्ण मात्रा खोप लगाउनेहरु ९२ दशमलब एक प्रतिशत रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । कोरोनाका बिरुद्धमा पहिलो डोज मात्र खोप लगाउनेहरु ९५ दशमलब ८ प्रतिशत रहेका छन् । यस प्रदेशमा बुष्टर डोज खोप लगाउनेहरु आठ दशमलब ७ प्रतिशत रहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्वास्थ्य