एमालेको चुनाव केन्द्रित अभियान सुरु

नेकपा एमालेको स्थानीय तह चुनाव केन्द्रित देशव्यापी अभियान सुरु भएको छ। एमाले अध्यक्ष केपीशर्मा ओलीले भर्चुअल माध्यमबाट अभियानको सुरुवात गरेका छन्। सो क्रममा उनले आज सुरुवात मात्रै भएको भन्दै सातवटै प्रदेशमा अभियान केन्द्रित प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिए। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनाव केन्द्रीत भएको हो।

सातवटै प्रदेशमा फरक फरक मितीमा प्रशिक्षणात्मक कार्यक्रमको आयोजना हुने नेकपा एमालेले जनाएको छ।

मुख्य समाचार राजनीति समाचार