बिदेशबाट फर्किएका रिटर्नी मकवानपुरेहरुको भेला हेटौंडामा सम्पन्न, जिल्लामा उत्पादन भएका ताजा तरकारी, फलफूल, दुध तथा गेडागुडीको उत्पादन, संकलन र बिक्रि बितरण गर्ने

हेटौंडा / बिदेशबाट फर्किएका रिटर्नी मकवानपुरेहरुको भेला हेटौंडामा सम्पन्न भएको छ।
बिदेशबाट आर्जन गरिएका सीप, ज्ञान र पुजीलाई मातृभुमीमा लगानी गरि कृषि तथा पशुपालनमा विशेष योगदान गर्ने उदेश्यले शुक्रबार हेटौंडामा रिटर्नी मकवानपुरेहरुको भेला भएको हो ।

भेलाले मकवानपुर जिल्लामा उत्पादन भएका ताजा तरकारी, फलफूल, दुध तथा गेडागुडीलाई नवलपुर जिल्लामा अबस्थित रिटर्नी कृषि तथा पशुपालन कम्पनीसग सम्झौता गरी उत्पादन तथा संकलन गर्ने र स्वदेश तथा बिदेशमा बिक्रि बितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै मुलुकभर कार्यक्षेत्र रहेको हाम्रो नयाँ कृषि तथा सहकारी लिमिटेडको शेयर सदस्य बनी मकवानपुर जिल्लामा शाखा कार्यालय स्थापना गर्न पहल गर्ने, मकवानपुरमा माइग्रेन्ट कृषि मार्ट कम्पनी स्थापना गरि सामुहिक लगानीमा स्वदेश तथा बिदेश सम्म कार्य बिस्तार गर्ने योजना बनाएको रिटर्नी फेडेरेसनका केन्द्रिय सदस्य सरोज पुडासैनीले जानकारी दिनुभयो ।
कम्पनीको लागि २५ जनाको कार्यसमिती समेत बनाएको उहाले बताउनुभयो ।

फेडेरेसनका केन्द्रिय सदस्य सरोज पुडासैनीको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राइको प्रमुख आतिथ्यतामा भएको भेलामा रिटर्नी कृषि तथा पशु पालन कम्पनीका प्रमुख नेत्र थानेत, एमाले मकवानपुरका उपसचिव सीता बिस्ट, कृष्ण धोरासैनी, रिमनी लामा लगाएको उपस्थिति रहेको थियो ।

भेलामा बिदेशबाट फर्किएका मकवानपुरका बिभिन्न गाउँपालिका र नगरपालिकाका ब्यक्तिहरुको सहभागिता रहेको थियो।

अर्थ कृषि समाचार मुख्य समाचार समाज स्थानीय