पूर्व मुख्यमन्त्रीद्वारा मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास गरिएको छ । कुख्रेनी खोला देखि मयुरधाप सम्मको सडकलाई पक्की निर्माण गर्नका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन । बागमती प्रदेशको ७९ लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको हो ।

६ मिटर चौडाई रहेको यस सडक ८ सय मिटर लामो छ । सडकको शिलान्यास गर्दै पूर्व मुख्यमन्त्री पौडेलले पहिले एमालेका पालामा भएका विकासका काम गाउँ गाउँ सम्म पुगेको बताएका छन । हरेक गाउँमा पक्की सडक, पुल निर्माणका कामले गति लिएपनि अहिलेको सरकारले विकास निर्माणका काम गर्न नसकेको समेत बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री जुनेली श्रेष्ठ, संबिधान सभाका सदस्य अनन्त पौडेल, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय