हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन

हेटौँडा/ नेकपा एकीकृत समाजवादीमा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज आइतबार एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । पन्तले केपी ओली सरकारले संसदबाट पास गर्नुपर्ने सम्झौता गरेर एमसीसी राष्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए ।

यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरु आन्दोलित भइराख्ने चेतावनी दिए । विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार