सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा नजाने

हेटौँडा/ सभामुख अग्नि सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । सङ्घीय संसद सचिवालय सिंहदरवारमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकारश्रीधर न्यौपानेले जानकारी दिए ।
एनका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, दलका सचेतक, कानुन मन्त्री लगायतलाई बैठकमा उपस्थित हुन पत्राचार गरिएको हो ।

बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव दर्तापछिको प्रक्रिया, सदनको गतिरोध अन्त्य लगायत बारेमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने आजको सर्वदलीय बैठकमा नजाने भएको छ ।

मुख्य समाचार राजनीति समाचार