आज भ्यालेन्टाइन डे दिवस विश्वभर मनाइँदै

हेटौँडा/ आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ। विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइन्छ। सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । भ्यालेन्टाइन्स डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनको रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।

प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन्। मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’

 

मुख्य समाचार रोचक समाचार समाज