हटियामा एक करोड ७७ लाख रुपैयाँ लागतमा पक्की सडक निर्माण हुँदै

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियामा एक करोड ७७ लाख रुपैयाँ लागतमा पक्की सडक निर्माणको काम सुरु गरिएको छ । उपमहानगरपालिकाका टोलटोलमा रहेका कच्ची सडकहरुलाई पक्की निर्माण गर्ने अभियान अनुसार हटियामा पनि सडक पक्की निर्माण गर्न लागिएको हो । यस क्षेत्रमा कच्ची रहेको यस सडक पक्की निर्माण गरिएको हो ।

हटिया कठायतचोकदेखि बालवोध माध्यमिक बिद्यालय हुदै अङ्गारेश्वर महादेव मन्दिरतर्फ जाने बाटोमा ६ मिटर चौडाई र एक दशमलब ९ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । पक्की सडकको हेटौंडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राइले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बालवोध माविका अध्यक्ष कमल बहादुर बिष्ट, उपमहानगरपालिका मेयरका प्रमुख राजनैतिक सल्लाहकार नरहरी महत, उपमहानगरपालिका कार्यपालिकाका सदस्य शङ्कर बहादुर राई, वडासदस्य कृण्णमाया खुलाल, समाजसेवीहरु नबराज बिष्ट, लछ्मण खुलाल, तारानाथ अर्याल, रमेश पौडेल लगायत स्थानीय वासिन्दा र निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रतिनिधिको आतिथ्यता रहेको थियो।

समाचार समाज स्थानीय