बागमती प्रदेश सरकारद्वारा एकै पटक चार सय कर्मचारीको सरुवा

हेटौँडा/ बागमती प्रदेश सरकारद्वारा एकै पटक चार सय कर्मचारीको सरुवा गरिएको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरु सबै मन्त्रालयहरु गरेर चार सय जना कर्मचारीहरुको सरुवा गरिएको हो ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै भन्दा धेरै एक सय २० जना कर्मचारीको एकै पटक सरुवा गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजि सचिब अच्युत लामिछानेले जानकारी दिनुभयो । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरु मन्त्रालयहरुले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारीहरु सरुवा गरेको लामिछानेले बताउनुभयो ।

यहाँका बिभीन्न मन्त्रालयका मन्त्रीहरुद्वारा आफु निकट कर्मचारीहरुलाई काखा, अरुलाई पाखा लगाउने काम भएको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताएका छन् । मन्त्रीहरुले पाटी निकटका कर्मचारीलाई धेरै कमाइ हुने कार्यालयमा सरुवा गरिएको र अरु कर्मचारीलाई अन्यत्र सरुवा गरिएकोमा केही कर्मचारीले विरोध समेत गरेका छन् ।

बागमती प्रदेश सरकारले हरेक वर्ष असोज महिनामा मात्र सरुवा गर्न मिल्ने कार्यबिधिलाई संसोधन गरेर अहिले एकै पटक यतीका धेरै कर्मचारीको सरुवा गरेको हो । असोज महिनामा पनि प्रदेशका मन्त्रालयहरुले नियमित सरुवा गरिसकेका छन् । अहिले फेरी कार्यबिधि संसोधन गरेर आफ्ना पाटी निकटका कर्मचारीलाई मालदार अड्डामा पठाउने र अरुलाई अन्यत्र पाखा लगाउने काम भएको कर्मचारीहरुले गुनासो गरेका छन् । मुख्यमन्त्री रोजेन्द्र पोण्डेको निर्देशनमा आफ्ना नजिकका कर्मचारीलाई श्रमरोजगार तथा यातायात मन्त्रालय मार्फत काठमाण्डौं र हेटौंडाका यातायात कार्यालयमा सरुवा गरेको पाइएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी तथा सिंचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालयका धेरै कर्मचारी सरुवा गरिएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय