बेलायतबाट १३ लाख डोज एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

हेटौँडा/ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा खोप आइपुगेको छ । सोमबार बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ । कतार एयरलाइन्सबाट खोप आज बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाले जनाएको छ।

हाल सो खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारण कक्षमा राखिएको र छिट्टै प्रदेशहरूमा पठाइने शाखाले जनाएको छ।

बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज काठमाडौं आइपुगेको हो।

मुख्य समाचार समाचार समाज स्वास्थ्य