टेलिकमको ‘भ्यालेन्टाइन्स डे’ अफर‍: आज निःशुल्क भीओएलटीई कल

हेटौँडा/ नेपाल टेलिकमले आज दिनभर निःशुल्क भीओएलटीई कल प्रदान गर्ने भएको छ। १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डेको अवसरमा टेलिकमले निःशुल्क कल सुविधा दिने भएको हो।

निःशुल्क कल सुविधा प्राप्त गर्नका लागि सिममा भीओएलटीई सेवा एक्टिभेट गर्नुपर्ने हुन्छ। त्यसको लागि ८४४४३ डायल गर्नुपर्ने हुन्छ। यस्तै हरेक दुई सय र पाँच सयको रिचार्ज वा टपअफमा पनि क्रमशः पाँच सय एमबी र एक हजार २४ एमबी डेटा निःशुल्क पाइनेछ।

मुख्य समाचार विज्ञान प्रविधि समाचार समाज स्थानीय