बकैया- ४ मा नेकपा एमालेको टोल कमिटी गठन

हेटौँडा/ मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ जुरेलीमा नेकपा एमालेको टोल कमिटी गठन भएको छ । सोमबार जुरेलीमा भएको भेलाले अनिल माझीको संयोजकत्वमा ३३ सदस्यीय टोल कमिटी गठन गरेको एमाले मकवानपुरकी जिल्ला सदस्य तथा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् ।

कमिटीको उपाध्यक्षमा दिपेश माझी, सचिवमा सविन खड्का, उप–सचिवहरुमा सुजन पौडेल र विजय माझी चयन भएका छन् । यसैगरी सदस्यहरुमा निरशंकर माझी, बिरबहादुर माझी, अनिश सापकोटा, रोषन दाहाल, संजिव लामिछाने, संगिता परियार, रुपेश माझी, निखिल माझी, विनोद माझी, रोहन माझी, रमेश परियार, सन्तोष कार्की, जयराम माझी, रमेश माझी, सुनिल माझीलगयात रहेका छन् ।

मुख्य समाचार राजनीति समाचार समाज