नागरिक एपमा ड्राइभिङ लाइसेन्सको सेवा तत्कालका लागि बन्द

हेटौँडा/ नागरिक एपमा ड्राइभिङ लाइसेन्सको सेवा तत्कालका लागि बन्द भएको छ । प्राविधिक र नेटवर्क समस्याका कारण यो सेवा हालका लागि बन्द गरिएको नागरिक एपले जनाएको छ ।

समस्या समाधान गर्न यातायात व्यवस्था विभागसँग सहकार्य भइरहेको बताउँदै छिट्टै ड्राइभिङ लाइसेन्स सेवा उपलब्ध गराउने एपले जनाएको छ । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपको पछिल्लो अपडेटमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सुविधा थप भएको थियो ।

नागरिक एपमा योसँगै ब्लुबुक नवीकरण सुविधा पनि थप गरिएको छ ।

मुख्य समाचार विज्ञान प्रविधि समाचार समाज स्थानीय