थप ५ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना पुष्टि भएको छ भने ६ जनाले संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा २३ जनामा पिसिआर र २४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २ जना र ३ जना गरेर थप ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा हाल ६९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७१ जनाको मृत्यु भएको छ ।

मुख्य समाचार समाचार समाज